पोखरामा लागूऔषधसहित सुजन प्रकाउ
पाेखरा | माघ ११, २०७९
पोखराः जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई प्रकाउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको टोलीले पोखरा महानगरपालिका १७ शितलपथ स्थित चेकजाँच गर्ने क्रममा पोखरा महानगर २० स्थायी घर भई पोखरा १७ शितलपथ बस्ने बस्ने २२ वर्षीय सुजन गुरुङलाई प्रकाउ गरेको हो ।

प्रहरीले गुरुङको घरको कोठाबाट डाईजापाम १०० एम्पुल, फेनेरागन ९५ एम्पुल र नुर्फिन ९५ एम्पुल गरी २९० एम्पुल लागूऔषध बरामत गरेको हो ।
प्रकाउ परेका गुरुङलाई जिल्ला अदालत कास्की लागूऔषध सम्बन्धी मुद्दामा १५ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...
पोखरा: १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...
काठमाडौंः आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

